“एक दिन एक वडा” अभियान अन्तर्गत जनकपुरधाम–२५ मा रास्वपाको सक्रिय जनसम्पर्क, स्थानीयसँग प्रत्यक्ष संवाद

धनुषा/चैत्र २६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत मधेस प्रदेश RAT विभाग प्रमुख तथा संगठन विभाग उपप्रमुख अम्भु प्रसाद साह, धनुषा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति शिव शंकर साह लगायत पार्टीका अगुवा कार्यकर्ताहरूले जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ मा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

चैत्र १ गतेदेखि सुरु गरिएको “एक दिन एक वडा” अभियान अन्तर्गत सञ्चालन भएको यो जनसम्पर्क कार्यक्रम बुधबार वडा नं. २५ मा पुगेर सम्पन्न भएको हो। अभियानले २५ दिनको अवधिमा २५ वडामा पुग्दै स्थानीयसँग सिधा संवाद स्थापित गरेको मधेस प्रदेश RAT विभाग प्रमुख तथा संगठन विभाग उपप्रमुख अम्भु प्रसाद साहले जनाएको छ।

वडा नं. २५ अन्तर्गत पर्ने लोहना बभनगामाका विभिन्न स्थानहरू—लोहना बजार, रा.प्रा.वि. लोहना, श्री कण्टीर झा नमुना उच्च माध्यमिक विद्यालय बभनगामा, बुढिया माइ थान, लोम ऋषि स्थान, ओशो ध्यान केन्द्र, स्थानीय पोखरी, शमशान तथा मस्जिद लगायतका क्षेत्रमा टोलीले पुगेर स्थानीयवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो।

कार्यक्रमका क्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सरसफाइ तथा रोजगारीका विषयमा आफ्ना समस्या तथा सुझावहरू राखेका थिए। जवाफमा रास्वपाका नेताहरूले जनताको आवाजलाई प्राथमिकतामा राख्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै आम निर्वाचनमा रास्वपालाई दुई तिहाइ बहुमत दिलाउन सहयोग गरेकोमा नेताहरूले स्थानीयप्रति धन्यवाद व्यक्त गरेका थिए।

रास्वपाका RAT विभाग प्रमुख अम्भु प्रसाद साहका अनुसार “जनताको चाहना नै हाम्रो लक्ष्य हो,” भन्दै यस्तो अभियान प्रत्येक महिना १ गतेदेखि २५ गतेसम्म निरन्तर सञ्चालन गरिने जानकारी दिएका ।

अभियानले स्थानीय तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, समस्या बुझ्ने र पार्टीप्रति विश्वास बढाउने उद्देश्य पूरा गरेको आयोजकको भनाइ छ। साथै, यस किसिमको अभियानले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउँदै सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
संबन्धित समाचार