उन्नाइस केजी गाँजासहित एक युवक पक्राउ

सिरहा/चैत २९ गते । जिरोमाइल क्षेत्रबाट अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका एक युवक १९ केजी गाँजासहित पक्राउ परेका छन् । प्रहरीले मोटरसाइकल र धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले आइतबार बिहान निजलाई पक्राउ गरेको हो । सुखिपुर क्षेत्रमा शङ्का लागेर जाँच गर्दा गाँजासहित चाँदीका ब्रासलेट, नगद २५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए ।

प्रतिक्रिया
संबन्धित समाचार