यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको क्वाटरफाईनल खेलमा वडा न.- १४ को शानदार जित संगै सेमीफाइनलमा प्रवेश

धनुषा/चैत १९ गते। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ क्रिकेट प्रतियोगितामा वडा नम्बर १४ ले उत्कृष्ट प्रदर्शन गर्दै शानदार जित निकाल्दै सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

वडा १४ ले वडा नम्बर ६ विरुद्ध एकतर्फी खेल प्रदर्शन गर्दै ७९ रनको फराकिलो अन्तरले जित हात पारेको हो। खेलमा पहिले ब्याटिङ गरेको वडा १४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

टोलीका ब्याट्सम्यानहरूले संयमित र आक्रामक खेल प्रस्तुत गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए।
जवाफमा मैदान उत्रिएको वडा ६ भने वडा १४ का बलरहरूको घातक बलिङ सामना गर्न नसक्दा १४.३ ओभरमै अलआउट हुँदै मात्र ६७ रनमा समेटियो। सुरुदेखि नै दबाबमा परेको वडा ६ले कुनै पनि समयमा खेलमा फर्कने मौका पाउन सकेन।

यस खेलका नायक बने राहुल यादव, जसले उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारे। उनको घातक प्रदर्शनकै कारण विपक्षी टोली सस्तो स्कोरमै समेटिएको हो। शानदार प्रदर्शनका लागि राहुल यादवलाई म्यान अफ द म्याच घोषित गरिएको थियो। उक्त पुरस्कार संतोष साहद्वारा प्रदान गरिएको हो।

यस जितसँगै वडा न.-१४ ले प्रतियोगिताको सेमीफाइनल चरणमा दमदार प्रवेश गरेको छ र उपाधि जित्ने दावेदारको रूपमा आफूलाई स्थापित गरेको छ।
अब प्रतियोगिताको रोमाञ्चक चरण सुरु हुँदैछ। यस जितसँगै वडा नं. १४ सेमीफाइनलमा प्रवेश गरेको छ।सेमीफाइनल खेल भोलि (शुक्रबार) बिहान ८:०० बजे वडा न.- १७ र वडा न.- २० बीच र दिउँसो १२:३० बजे वडा न.- १९ र वडा न.- १४ बीच खेल हुनेछ। सबै टिमहरू उपाधि नजिक पुग्नका लागि संघर्षरत रहेका छन् भने दर्शकहरूलाई पनि रोमाञ्चक खेलहरूको प्रतीक्षा रहेको छ। प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ र दर्शकहरूको उत्साहजनक उपस्थितिले खेललाई अझ आकर्षक बनाएको छ।

प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका थिए । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नक आउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्ड अनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।

प्रतिक्रिया
संबन्धित समाचार