धनुषा/चैत १८ गते। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको आज सम्पन्न क्वार्टर फाइनल खेलमा वडा नं. १७ ले वडा नं. २३ लाई १७ रनले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १७ ले उपाधितर्फ बलियो पाइला चालेको छ।
पहिले ब्याटिङ गरेको वडा नं. १७ ले निर्धारित १४ ओभरमा ७ विकेट गुमाउँदै ११२ रनको राम्रो योगफल तयार पारेको थियो। टोलीका लागि पंकज यादवले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा ४२ रनको आकर्षक इनिङ्स खेले, जसमा ५ चौका र २ छक्का समावेश थिए। साथै रुपेशले २३ रन र रुपेश मुखिया ‘बी’ ले १७ रनको योगदान दिए।
जवाफी ब्याटिङमा उत्रिएको वडा नं. २३ ले निर्धारित १४ ओभरमा ७ विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो। विपक्षीलाई दबाबमा राख्न वडा नं. १७ का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे, जहाँ प्रदीपले ३ विकेट लिँदै महत्वपूर्ण भूमिका निर्वाह गरे भने रुपेश मुखिया ‘बी’ ले २ विकेट हात पारे।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १७ का पंकज यादव म्यान अफ द म्याच घोषित भए। उनलाई उक्त पुरस्कार स्वस्तिक अटोमोबाईलस मिल्स एरिया जनकपुरधामका प्रोपराईटर कृष्ण दीक्षितद्वारा प्रदान गरिएको थियो।
यस जितसँगै वडा नं. १७ सेमीफाइनलमा प्रवेश गरेको छ। अब सेमीफाइनल खेल शुक्रबार दिउँसो १२:३० बजे वडा नं. १७ र वडा नं. २० बीच हुने भएको छ।
प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ र दर्शकहरूको उत्साहजनक उपस्थितिले खेललाई अझ आकर्षक बनाएको छ। अब सेमीफाइनलमा वडा नं. १७ र वडा नं. २० बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका थिए । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नक आउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्ड अनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।


