यूरो पेन्टस वडा कप २०८२ अन्तर्गतको क्वाटरफाईनल खेलमा वडा नं. १९ जित हासिल गर्दै सेमीफाइनलमा प्रवेश

धनुषा/चैत १८ गते। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ क्रिकेट प्रतियोगितामा अन्तर्गतको आज सम्पन्न क्वाटर फाईनल खेलमा वडा नं. १९ ले वडा नं. ९ लाई ५ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १९ ले प्रतियोगितामा आफ्नो मजबुत दाबेदारी प्रस्तुत गरेको छ।

पहिले ब्याटिङ गरेको वडा नं. ९ ले १४ ओभरमा ७ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा वडा नं. १९ ले उत्कृष्ट समन्वय र संयमित खेल प्रदर्शन गर्दै १३.१ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। जय कुमार र टेकुको महत्वपूर्ण इनिङ्सले टोलीलाई सहज जित दिलायो।

खेलमा अलराउन्ड उत्कृष्ट प्रदर्शन गरेका वडा नं. १९ का जय कुमार म्यान अफ द म्याच घोषित भए। उनलाई उक्त पुरस्कार कमेन्टेटर मनोज ठाकुर द्वारा प्रदान गरिएको थियो।

यस जितसँगै वडा नं. १९ सेमीफाइनलमा प्रवेश गरेको छ। अब वडा नं. १९ ले सेमीफाइनल खेल शुक्रबार बिहान ८:०० बजे खेल्नेछ। उक्त खेलमा उनीहरूले बिहीबार हुने क्वार्टर फाइनल खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।

दर्शकहरूको उत्साहजनक समर्थनबीच प्रतियोगिता अझ रोमाञ्चक बन्दै गएको छ। अब सेमीफाइनलमा वडा नं. १९ ले कस्तो प्रदर्शन गर्छ भन्ने चासो सबैमा बढेको छ।

प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका थिए । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नक आउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्ड अनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।

प्रतिक्रिया
संबन्धित समाचार